सिरियामा बसमा एम्बुस आक्रमण, २८ जनाको मृत्य



एजेन्सी पुस १६ ।

सिरियामा एउटा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

डेइर अल जोउर प्रान्तको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण भएको हो । सिरियाको सरकारी सञ्चारमाध्यमले मृत्यु हुनेहरु सामान्य नागरिक रहेको बताएको छ तर अन्य स्रोत र अनुगमन समूहहरूले भने सैनिक चढेको बसमा एम्बुस आक्रमण भएको र मृत्यु हुने सैनिक रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ ।

आक्रमणमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने अनुमान रहेको खबरमा उल्लेख छ ।
सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स (एसओएचआर) ले आक्रमण विद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले गरेको र ३७ जना सैनिकको ज्यान गएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्