आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीचको वार्ता सकारात्मक



काठमाडौं पुस १६ ।

आन्दोनरत स्वास्थ्य संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको वार्ता सकारात्मक भएको छ।

बुधबारदेखि सुरु भएको समिति र मन्त्रालयबीचको वार्ता सकारात्मक तर्फ अघि बढेको हो। वार्ताको दोस्रो दिन बिहीबार १० नम्बर बुँदासम्म छलफल भएको समितिका संयोजक डा. लोचन कार्कीले बताए।

बाँकी आठ बुँदे मागका विषयमा छलफल गर्न आइतबार पुनः वार्ता हुने कार्कीले जानकारी दिए । विभिन्न १८ बुँदे माग सहित स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित छन्।

कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन्।

प्रतिक्रिया दिनुहोस्