भारतमा थप पाँच जनामा नयाँ स्वरुपको कोरोना संक्रमण पुष्टि



एजेन्सी पुस १६ ।
बेलायतबाट शुरु भएको नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भारतमा थप पाँच जनामा पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएसँगै कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको जनाइएको छ ।

बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।

भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्