चीनले सिनोभ्याकको भ्याक्सिनलाई दियो अनुमति



एजेन्सी,पुष १७ । चीनले कोरोना बिरुद्ध तयार पारेको खोप सिनोभ्याकलाई स्वीकृति दिएको छ । चीनले आम मानिसहरुलाई प्रयोगका लागि स्वीकृति दिएको हो ।

यो भ्याक्सिन चीन बाहेक ब्राजिल, पाकिस्तान, टर्की, दुबई, बहराईन लगायतका मुलुकमा ठूलो मात्रामा ट्रायल गरिएको थियो । जस अनुसार ७९ प्रतिशत यो खोप प्रभावकारी रहेको बताईएको छ । चीनमा चलिरहेको पाँच वटा भ्याक्सिनको ट्रायल मध्य सिनोभ्याकले मान्यता शुरुमै पाएको छ ।

विश्वमा स्पुतनिक भी, फाईजर, मोडर्ना, अक्सफोर्ड लगायतको भ्याक्सिनले पनि अनुमति पाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्