कनकाईमा पानी सुक्यो, शव जलाएर संस्कार्न समस्या



दमक,पुष १७ । झापाको कनकाई नदिमा पानी सुकेपछि शव जलाएर संस्कार्न समस्या पर्ने भएको छ । शवदाह स्थल नजिकै पानीको थोपो नहुँदा समस्या भएको हो ।

दैनिक ४/५ जनाको शव जलाउने कनकाई नदिमा पानी नहुँदा सरसफाईमा समस्या भएको स्थानियबासी बताउछन् । शव जलाउने माथिल्लो भागमा मोटरको सहयोग लिएपनि बगेर जाने ठाउँमा पानी नभएको बताईएको छ । आधिकांश शव जलाइसके पछि त्यसको खरानी नदिमा बगाउने गरिएको छ ।

घाट तर्फ माथिल्लो भागबाट पानी ल्याउन सानो कुलो नै बनाइने गरिएको थियो । पछिल्लो केहि दिन देखि पानी सुकेपछि शव व्यवस्थापनमा समस्या भइरहेको कनकाई घाट संस्थाका प्रमुख ख्याम सिवाकोटीले जानकारी दिए ।

त्यसको व्यवस्थापन हेर्दै आएका उनले कनकाई नहरले सिँचाईको लागी पानी लैजाँदा समस्या हुने गरेको बताए । पानी नहुँदा शव लिएर आउने परिवारलाई हदै सम्म समस्या हुने गरेको उनको भनाई छ । शव लिएर सुरुवातमा कनकाई नदिमा आएपछि मृतकका परिवारले केहि बेर किनार क्षेत्रमा राख्ने गरेका छन् । शवमा आगो दिएपछि हात धुन समेत नदिको पानी आवस्यक पर्छ, सिवाकोटीले भने ‘खोलाको सधै भर हुँदैन ।’ हिउँदमा असाध्यै दुख हुने गरेको सुनाए । उनले पानीको सहज व्यवस्थापनका लागी बोरिङ जरुरी भएको बताए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्