थप ४२६ जनामा कोरोना संक्रमण पुष्टी, ७ सय ४८ जना डिस्चार्ज



काठमाडौं पुस १७ ।
पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ।

१५३ महिला र २७३ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ५ हजार २२५ स्वाब नमूना परीक्षण गरिएकोमा ४२६ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै शुक्रबार थप ७४८ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५३ हजार १०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार निको हुनेको दर ९७ प्रतिशत हो। कोरोनाका गम्भीर २३४ जना आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ४८ रहेको छ।

प्रतिक्रिया दिनुहोस्