कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८ सय ६४ पुग्यो



काठमाडौं पुस १७ ।
कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४२६ जनामा संक्रमण पुष्टि भएको छ। देशभर कूल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।

कोरोना भाइरस पहिचान गर्न गरिने परीक्षणको संख्या घट्दा संक्रमितको संख्या घट्दै गएको हो। तर संक्रमितको संख्या घटेपनि मृतकको संख्यामा बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्