राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बन्द बाहिरिए



काठमाडौं पुस १७ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडी बाहिर निकालेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीबाट घटाएर ४४ खेलाडीलाई अन्तिम छनोटमा निकालेका हुन् ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा विमलसहित देव लिम्बू, रन्दीप पौडेल, अमित तामाङ, जया गुरुङ, नीतिन थापा, रजत तिवारी, दीपेश आले मगर, राजेश परियार, प्रिजन तामाङ, रेजिन सुब्बा, रहिब लोप्चन र विमल राना छन् ।

फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत बाँकी खेलका लागि एन्फाले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्