डोल्पाबाट कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार



डोल्पा पुस १७ ।
डोल्पाबाट दुई जना कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय शिक्षकको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

केही दिनअघि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको दुवै जना सङ्क्रमितको अवस्था जटिल बनेपछि हेलिकप्टरबाट उद्धार गरी काठमाण्डु लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।

जिल्लामा निषेधाज्ञा गर्ने, विद्यालय बन्द गर्नेलगायत विषयमा छलफल भइरहेको प्रशासनको भनाइ छ । उद्धारका लागि दुवै जनाले आफ्नो खर्चमा हेलिकप्टर चार्टर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्