धनुषामा पाँच वर्षीय बालकको हत्या: फुपू पक्राउ



धनुषा,पुष १८ । जिल्लामा पाँच वर्षीय बालकको हत्या भएको छ । धनुषा प्रहरीले हत्या गरेको आराेपमा एक महिलालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमात रहेका छन् । आमतले सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो । हत्या आरोपमा पक्राउ पर्ने महिला मृतक बालकको नातामा आफ्नै फुपू पर्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको थियो । घरायसी रिसिइबीका कारण बच्चाको हत्या गरिएको प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्