दाइले सल्काएको आगोले बहिनीको ज्यान लियो



बैतडी,पुष १८ । जिल्लामा चार वर्षीय बालकले आगो सल्काउँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका-३ साउन खेतमा बुधबार अपरान्ह खरमा आगो सल्काउँदा बालिकाको मुत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

साउन खेतमा बस्ने मनवीर साउदको चार वर्षीय छोरा दीपेश साउदले आफ्नै घर पछाडि राखेको खरमा सलाई कोरेर आगो सल्काउँदा साथमा रहेकी दुई वर्षीया बहिनी रेखा साउदको जलेर घटनास्थलमानै मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्