घुससहित प्रहरी हवल्दार पक्राउ



सुनसरी,पुष १८ । ६ हजार घुसहित हरिनगरबाट प्रहरी हवल्दार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो पक्राउ परेका हवल्दारले स्थानीय व्यापारीसँग भारतबाट नेपालतर्फ सामान तस्करी गरी ल्याउन सहयोग गरी पैसा लिँदै गर्दा  यादव पक्राउ परेका प्रहरीले जनाएको हाे ।

प्रहरीका अनुसार यादवले लामो समयदेखि व्यापारीसँग पैसा लिने गरेको उजुरीका आधारमा अख्तियारको टोलीले निगरानीमा राखेको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्