भारतमा आउँदो हप्तादेखि कोरोना खोप लगाउने तयारी



एजेन्सी, पुष १८ । भारतमा अर्को हप्तादेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । यसका लागि भारतमा भ्याक्सिन लगाउने पूर्वाभ्यास समेत भएको छ ।

विज्ञहरुको प्यानलले अक्सफोर्ड भ्याक्सिनलाई अनुमोदन गरेसंगै भारत सरकारले यसको प्रयोगको अनुमति दिने तयारी भएको हो । निर्णय भएसँगै भ्याक्सिन लगाउने तयारी भएको हो । भारतले आफैले विकास गरेको भ्याक्सिन पनि प्रयोगमा ल्याइने भएको छ ।

नयाँ दिल्लीमा भ्याक्सिन पुगिसकेको टाइम्स अफ इन्डियाले जनाएको छ । अब भण्डारण गरेर राख्ने र प्रयोगमा ल्याइने उल्लेख छ । पहिलो चरणमा त्यहाँ ५१ लाखले खोप लगाउनेछन् । जसमा स्वास्थ्यकर्मी अग्रपंक्तिमा काम गर्ने कामदार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्