गाडीको ठक्करबाट पाटे बाघको मृत्यु



काठमाडौ,पुष १८ । गाडीको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पथलैया–हेटौंडा खण्डमा एक पाटे माघको मृत्यु भएको छ ।

शनिबार बिहान हेटौंडाबाट निजगढतिर जाँदै गरेको बा १६ च ८११ नंबरको कारले ठक्कर दिँदा अन्दाजी १० वर्षको पोथि बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि बाघ सडकमा बजारिएको थियो । बाघको टाउकोमा गम्भीर चोट देखिन्छ । दुर्घटनामा मानवीय क्षति नभएपनि गाडीका चालक अजय मिश्रालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्