दाङमा मोटरसाइकलबाट थुतेर महिलालाई बाघले लग्यो, अवस्था अज्ञात



दाङ,पुष १८ । दाङमा बाघले गुडिरहेको मोटरसाइकलबाट थुतेर एक महिलालाई बेपत्ता पारेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा गुडिरहेको मोटरसाइकलबाट बाघले थुतेर लगेको ती महिलाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।

बर्दियास्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काका अनुसार कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको हो। 

डिएसपी खड्काका अनुसार मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए। 

प्रतिक्रिया दिनुहोस्