म्याग्दीका वडाध्यक्षको निधन



म्याग्दी,पुष १८ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष ६५ वर्षीय दिनेशकुमार तिलिजाको निधन भएको छ। लामो समयदेखि प्यारालाइसीस (पक्षघात) बाट थालिएका तिलिजाको शुक्रबार साँझ निधन भएको हो ।

उनको निधन पोखरा महानगरपालिका–११ फुलबारीस्थित निवासमा भएको वडाका कार्यवाहक अध्यक्ष राजेश तिलिजा पुनले बताए। शवको अन्त्येष्टि शनिबार पोखरामै गरिने भएको छ। गत साउनमा एक्कासी बिरामी भएपछि उनलाई उपचारका लागि हेलिकप्टरबाट पोखरा लगिएको थियो। त्यसपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै थियो ।

अध्यक्ष तिलिजाको शरीरको देब्रे भाग चल्न छाडेको थियो। तिलिजाका श्रीमति, दुई छोरी र दुई छोरा छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर उनी विजयी भएका थिए । उनी किन्दु आधारभूत विद्यालयको पूर्व प्रअसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्