बाघले मोटरसाइकलमै झम्टिएर लगेको महिलाको शव भेटियो



दाङ,पुष १८ । बाघले मोटरसाइकलमै झम्टिएर लगेको महिलाको शव भेटिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा गएराती बाघले झम्टिएर लगेको कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको हो। 

उनको शव शनिबार मध्यान्ह १२ बजेतिर घटनास्थलनजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले बताए। 

घटनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिममा बाघले अनुहार र दुबै पिडौला खाएको अवस्थामा थापाको शव फेला परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्