शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड



काठमाडौं पुस १८ ।

प्रसुति गराउने क्रममा शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड भएको छ।

शनिबार दिउँसो मृतक पक्षले अस्पतालमा तोडफोड गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

उनका अनुसार तोडफोड गरेपछि १७ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार राति नैकाप बस्ने २५ वर्षीया सबिना सुवेदीको डेलिभरीका लागि अस्पताल भर्ना गरिएको थियो।

अपरेसनपछि शिशु मृत जन्मिएपछि तोडफोड गरेका छन्। पक्राउ परेकाहरूलाई प्रहरीले कालिमाटी वृत्तमा लगेको छ। थप अनुसन्धान भइरहेको छ। घटनाबारे अस्पताल प्रशासनले केहीबेरमा जानकारी दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्