थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, ७ सय ५० जना डिस्चार्ज



काठमाडौं पुस १८ ।

शनिवार थप ४ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार ७ सय ५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार, हालसम्म कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने कुल २ लाख ५३ हजार ८ सय ५७ जना भाइरस मुक्त भएका छन् ।

यस्तै शनिवारसम्म सक्रिय संक्रमित ५ हजार ७ सय ११ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्