बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा दुईपाङ्ग्रे साधन चलाउन रोक



काठमाडैं पुस १८ ।
पाटेबाघको आक्रमणमा परि कैलालीकी महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।

जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसापानी सडकमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको हो ।
राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्