कोरोना संक्रमण फैलिँँदैगएपछि फ्रान्सका १५ प्रान्तमा कर्फ्यू



एजेन्सी पुस १८ ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रम पुनः तीव्र भएपछि फ्रान्स सरकारले १५ वटा प्रान्त डिपार्टमेन्टमा शनिबारबाट साँझ ६ बजेदेखि नै कर्फ्यू लगाउने भएको छ ।

फ्रान्सेली सरकारका प्रवक्ता गाब्रियल अत्तलले कोरोनाको संक्रमणसित लड्न ६ बजेबाटै कर्फ्यू लगाउनुपर्ने खाँचो रहेको सार्वजनिक गरेका हुन् ।

जनवरी ७ बाट खोल्न अनुमति दिइने भनिएको सांस्कृतिक कार्यक्रम, ओपेरा हाउसहरुपनि अर्को सूचना जारी नभएसम्म बन्द नै राखिने उनले बताए ।

यी १५ वटा प्रान्तमा कोरोना भाइरस फैलिने क्रम तीव्र देखिएकाले ती प्रान्तलाई उच्च निगरानीमा राख्नुपर्ने भन्दै कर्फ्यूको समय बढाउनुपर्ने प्रवक्ताले बताएका छन् ।

कोरोना भाइरस धेरै फैलिएका प्रान्तहरुमा होत आल्प्स, आल्प्स मारिटिम, आर्देन, दोउब, जुरा, ओत मार्न, मुर्थे ए मोसेल, मुउज, ओत साओन, भोज्स, बेलफअ, मोसेल, नियभ्र, साओन र ल्वार हुन् ।
क्रिसमस र नयाँ वर्षको छुट्टि मनाउने पर्यटकहरुको भीड लागेकाले कोरोना भाइरस ज्यादा फैलिएको फ्रान्सेली अधिकारीहरुको भनाइ छ ।

ुफ्रान्समा भाइरस फैलिने क्रम जारी छ । यो विभिन्न प्रान्त र क्षेत्रहरु बीचको असमानताको कारणले हो,ु गाब्रियल अत्तलले भने । सम्बन्धित विभागहरुको सूची एक हप्तामा संशोधित हुने उनले बताएका छन् । यदि कुनै प्रदेशमा स्थिति बिग्रियो भने तत्कालै आवश्यक निर्णय लिइने उनले बताए ।

प्रवक्ताका अनुसार हालको संशोधित कर्फ्यू तोकिएका क्षेत्रहरुमा समान रूपमा लागू हुनेछ । सहर र ग्रामीण क्षेत्रको बिचमा कुनै भेदभाव गरिने छैन । घरबाट अत्यावश्यक काममा हिँड्नेहरुले स्वीकृति पत्र लिएर हिँड्नुपर्ने नियम बनाइएको छ ।

फ्रान्समा हाल प्रत्येक दिन कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार १९ हजारमा कोरोना संक्रमित नयाँ बिरामी फेला परेका छन् । हालसम्म फ्रान्समा करिब २६ लाख ४० हजारमा कोरोना देखिएको छ भने मृत्यु हुनेको संख्या ६४ हजार चार सय ६५ पुगिसकेको छ । संक्रमित मध्ये २४ हजार दुई सय ६३ जना अस्पतालमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्