नेपाल स्वास्थ्यकर्मी संघ बेलकोटगढीको अधिवेशन सम्पन्न



नुवाकोट,पुष १९ । नेपाल स्वास्थ्यकर्मी संघ बेलकोटगढी नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ। शनिबार एक कार्यक्रम बीच अधिवेशन सम्पन्न भएको हो।

कार्यक्रम नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बोल्दै डाक्टर केसीले स्वास्थ्यकर्मीहरुलाई जनमुखी र सेवामुखी भएर समाजमा लाग्नुपर्ने बताए।

कार्यक्रममा नेपाली काङ्ग्रेस बेलकोटगढीका सभापति गोकुल दाहाल,बेलकोटगढी वडा नम्बर ७ का वडा अध्यक्ष  हेमनिधी नेपाल लगायतले स्वास्थ्यकर्मीले सेवामुखी संगठन निर्माण गर्नुपर्ने बताएका थिए। त्यस्तै स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डेले कोरोना महामारी बीच स्वास्थ्यकर्मीले भोग्नुपरेको समस्याका बारेमा चर्चा गरेका थिए।

नगरपालिकाका स्वास्थ्यकर्मीहरुको अधिवेशनले ७ सदस्यीय समिति चयन गरेको छ।समितिका अध्यक्षमा सुमित्रा पनेरु,उपाध्यक्षमा अष्टलक्ष्मी तामाङ,सचीवमा अच्युतम ढकाल,कोषाध्यक्षमा शान्ति लामा,सदस्यहरुमा पदमप्रसाद रिमाल, निलु लामा,दिपा सिलवाल,प्रमिला थापा,सुमित्रा तामाङ,इन्दिरा मुडभरी,सर्मिला नेपाल लगायत चयन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्