६ वर्षीय बालिका बलात्कारको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ



उदयपुर,पुष १९ । जिल्लाको बेलका नगरपालिका– ३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेको इलाका प्रहरी कार्यलय रामपुरले जनाएको छ । बालिका बलात्कारको जाहेरी शुक्रबार परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए ।

पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्