लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी



रसुवा,पुष १९ । लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।

कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जंगलमा शनिबार मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ । आगलागीबाट सयौं हेक्टर जंगलमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार आगलागी नियन्त्रणका लागि हाल नेपाली सेनाको कालीजङ्ग गण, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दा खटिएको छ ।

आगलागी भएको स्थान बढी भिरपाखा र झाडी क्षेत्र भएकाले नियन्त्रणको प्रयास निरन्तर भइरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्