भारतमा कोभिड–१९ का दुई खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति



एजेन्सी पुस १९ ।

कोभिड–१९ विरुद्धका दुई वटा खोपलाई भारतको औषधि नियामकले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ ।

अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिनलाई भारतले आपतकालीन प्रयोगको अनुमति दिएको हो । कोभिसिल्ड खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले जनाएको छन् । भारतले यो वर्ष ३० करोड मानिसहरूलाई खोप दिने योजना बनाएको छ।

कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको खोप हो । डीसीजीआईका निर्देशक डा. बिजी सोमानीले कोभ्याक्सिन सुरक्षित रहेको र त्यो प्रतिरक्षा क्षमता बलियो बनाउन सक्षम रहेको बताएका छन् ।

विज्ञ समूहले खोपको सुरक्षा र प्रतिरक्षाको तथ्याङ्क मूल्याङ्कन गरेर सार्वजनिक हितका लागि आपतकालीन स्थितिमा प्रतिबन्धित उपयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो । कोभिशिल्ड र कोभ्याकसिन दुवै खोपहरू दुई खेपमा दिइनेछ। जसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्