थप ४ सय १९ जनमा कोरोना संक्रमण पुष्टी, ७ सय ५० जना डिस्चार्ज



काठमाडौं पुस १९ ।

बितेको २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यो अवधिमा ७५० जना संक्रमितहरु निको भएका छन् ।

हालसम्म संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ रहेको छ ।

आइतबारसम्म १९ लाख ४२ हजार ७०२ पिसिआर परीक्षण भएको छ भने ५ हजार ७११ जना आइसोलेसनमा रहेका छन् । प्रवक्ता गौतमका अनुसार आज ३६७ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्