थप ४सय २१ जनामा कोरोना संक्रमण पुष्टि,६ सय ३७ जना डिस्चार्ज



काठमाडौं पुस १९ ।

देशभर ४ सय २१ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा आइतबार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २ लाख ६१ हजार ८५९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ६३७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

यो सँगै निको हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ४८७ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४८ हजार ५०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्