काठमाडौं उपत्यकामा १ सय ९७ जना कोरोना संक्रमित थपिए



काठमाडौं पुस १९ ।

आइतबार काठमाडौं उपत्यकामा थप १ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ।

८७ महिला र १ सय १० पुरुषलाई संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित थप ४२१ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्