बार्सिलोनाको जीत



एजेन्सी,पुष २० । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हुएस्कालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कालाई १-० गोल अन्तरले पराजित गरको हो । बार्सिलोनाको जितमा फ्रेन्की डी जोंगले खेलको एक मात्र गो गरेका थिए । डी जोंगले खेलको २७औ मिनेटमा लियोनेल मेसीको असिस्टमा खेलको निर्णायक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको १६ खेलमा २८ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा १० अंकले पछाडी रहेको छ ।

त्यस्तै हुएस्काको भने १७ खेलमा १२ अंक छ र लिगमा पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्