काठमाडौंको वायु प्रदूषण खतराको तह माथी, आवश्यक नपरी घर बाहिर ननिस्किन आग्रह



काठमाडौं पुस २१ ।

काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेको छ ।

मङ्गलबारको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । mयसरी वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि सरकारले आवश्यक नपरी बाहिरन ननिस्कन आग्रह गरेको छ ।

उता वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि अमेरिकी राजदूतावासले पनि घरभित्र बस्दा भmयाल ढोका बन्दा गरेर, मास्क लगाएर बस्न सुझाव दिएको छ । प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ ।

केहीदिन अघि नेपालको पश्चिमी भू भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान पहिलो हिउँदे वर्षा भएको थियो ।तर यसले आकाश खुलाउन सकेको छैन ।मंगलबार पनि बिहानैदेखि घाम देखिएको छैन ।हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ ।

भिजिबिलिटी घटेको छ ।दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन ।यूनतम तापक्रम अझ पहिलाभन्दा बढेको छ ।तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको विज्ञहरुले जनाएका छन् ।

सोमबार काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो ।सोमबार एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो । एक्वुआई ५० सम्म हुनु राम्रो, ५० देखि १०० सम्मलाई मध्यम र १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुने मानिन्छ ।

२०० सम्म पुगे सबैका लागि अस्वस्थ हुने र ३०० पुग्नु भनेको जोखिमपूर्ण रहेको विज्ञहरुको भनाइ छ ।यसभन्दा माथि जानु चाहिँ घातक हुुने उनिहरुको भनाइ छ ।यसरी उपत्यकाको वायु प्रदुषण घातक स्थितिमा पुगेको पाइएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव बुधबारसम्मै रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्