काठमाडौं उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिए



काठमाडौं पुस २१ ।

काठमाडौं उपत्यकामा २३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

देशभर ५ सय २२ जना थपिएकोमा काठमाडौंमा मात्र २३२ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा थपिएका संक्रमित मध्ये ९३ महिला र १३९ पुरुष रहेका छन् । आज ५सय ७८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

हालसम्म २ लाख ६२ हजार ७ सय ८४ संक्रमित भएपनि २ लाख ५५ हजार ६ सय ६६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार २ सय २५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ५७ हजार ४ सय ५४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३४२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्