बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि चितवनलाई



काठमाडौं पुस २१ ।

चितवन क्रिकेट एसोसियसनले बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि जितेको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा काठमाडौं जिल्लालाई १ सय ९३ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । चितवनले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौं २५ ओभर ४ बलमा अलआउट हुँदै ६७ रनमा समेटियो । काठमाडौंका रजत तिमल्सिनाले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

चितवनका संघर्ष पौडेलले ५ विकेट लिए । दिपेश श्रेष्ठको नाममा २ विकेट रह्यो । यस अघि पहिले ब्याटिङ गरेको चितवनले ४० ओभरमा ६ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो । चितवनका लागि आकाश थापाले १ सय ३६ रनको शतकीय इनिङ्स खेले । गौतम केसीले ३२ रन जोड्दा प्रतिक श्रेष्ठले २५ तथा रोविन शर्माले २४ रन बनाए । काठमाडौंका चन्द्र कुमार बुढा, सुमन उदय, सन्जम रेग्मी र अरियो पौडेलले १ १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्