सेनालाई युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपति शीको निर्देशन



एजेन्सी पुस २१ ।

चिनियाँ राष्ट्रपति शी चिनफिङले चीनको सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन् ।

नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई आदेश दिँदै चिनियाँ राष्ट्रपति शीले ‘पूर्णकालिन युद्धका लागि तत्पर’ रहन भनेका हुन् । यद्यपि, यस्तो युद्ध कोसँग कहिले हुनेछ वा हुनसक्छ भन्नेमा भने उनले केही बताएनन् । गएको वर्ष २०२० मा चीनले छिमेकी भारतसँग सीमावर्ती क्षेत्रमा निकै नै सास्तीपूर्ण संघर्ष व्यहोर्नुपरेको थियो ।

यसैगरी दक्षिणी चिनियाँ सागरमा पनि अमेरिकाको बढ्दो चासोका कारण उसले सैन्य मार्च र परेड नै पनि गरेको थियो । चिनियाँ सैन्य आयोगका अध्यक्ष समेत रहेका शीले सैन्य क्षमता चमकाउनका लागि अग्रदस्ताको घर्षण उपयोग गर्नैपर्नेमा जोड दिए ।

पिपुल्स लिबरेशन आर्मी पीएलए कुनैपनि समय कामका लागि तयार हुनुपर्ने भन्दै उनले सैन्य क्षेत्रमा उच्च प्रविधि, नयाँ ज्ञान, इन्टरनेट प्रयोगको क्षमता राख्न पनि आदेश दिएका साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्