बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु



काठमाडौं पुस २१ ।

झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका ५ की २८ वर्षीया सलिना राई रहेका छन् ।

शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र- १ -०२- ०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक आपसमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

उनीहरुको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । बस र चालकलाई प्रहरीको नियन्त्रणमा रह्को छ । प्रहरीले दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्