नेपालमा नयाँ स्वरुपको कोरोना भाइरस भित्रिएको आशंका, थप परीक्षणका लागि नमुना हङकङ पठाइँदै



काठमाडौं पुस २२ ।
बेलायतबाबाट नेपाल फर्किएका ३ जनामा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

बेलायतबाट फर्किएका मध्य ८ जनामा कोरोना पुष्टि भएको थियो । ८ जना मध्ये ३ जनाका नयाँ स्वरुपको भाइरस संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बताए ।

सरकारले ३ जनाको नमुना थप परीक्षणका लागि हङकङ पठाउने तयारी गरेको छ । हाल महामारीको रुपमा फैलिएको कोरोनाभाइरस भन्दा नयाँ स्वरूपको भाइरस तीव्र रुपमा सर्ने अध्ययनहरुले देखाएको छ ।
बेलायतबाट पुस १ गते यता नेपाल फर्किएका २७७ जना मध्य ८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्