थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु



काठमाडौं पुस २२ ।

गएको २४ घण्टामा नेपालमा थप चार सय नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार सात सय ६ जनाको पीसीआर परीक्षण भएकोमा चार सय नौ जनालाई सङ्क्रमण भएको पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६३ हजार एक सय ९३ पुगेको छ । यस्तै गएको २४ घण्टामा चार सय ९५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५६ हजार एक सय ६१ पुगेको छ ।

साथै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय ९९ पुगेको छ । नेपालमा बुधबार सम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार एक सय ३३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्