काठमाडौँ उपत्यकामा २३३ जना कोरोना सङ्क्रमित थपिए



काठमाडौं पुस २२ ।

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधवार दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १५९ जनामा, भक्तपुरमा थप २४ जनामा र ललितपुरमा थप ५० जनामा कोरोना सङ्क्रमण देखिएको हो।

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५६.९७ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ५६ प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्