ट्रम्पका हतियारधारी समर्थकद्वारा संसद भवनमा आक्रमण



एजेन्सी,पुष २३। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा आक्रमण गरेका छन् । ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै प्रमाण बिहीन दाबी गरिरहेको र त्यसैको समर्थनमा हिंसात्मक प्रदर्शन भएको हो।

संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका हुन ।

हतियार बोकेका ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा प्रवेश गरेर आक्रमणका साथै तोडफोड समेत गरेका हुन । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताइएको छ ।

ट्रम्पले आफ्ना समर्थकको गतिविधिको बचाउ गर्दै प्रमाण बिहीन आरोप लगाउँदै आएका छन् । आफूले जितेको चुनाव धाँधली गरेर खोसिएका कारण यस्तो भएको उनकोे दाबी छ । ट्रम्पले बिना प्रमाण लगाएको धाँधलीको आरोपका कारण प्रदर्शनले हिंसात्मक रुप लिएको हो । उनले आफ्ना समर्थकलाई घर फर्किन भने पनि प्रमाण बिहीन आरोप लगाउन छाडेका लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्