घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु



सिराहा पुस २३ ।

सिराहामा घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको छ ।

बुधबार साँझ मिर्चेया नगरपालिका ७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । बुधबार साँझ जाबिरलाई घरभित्र सुताएर रसिद र उनकी श्रीमती बजार गएका थिए ।

लामखुट्टेले धपाउनका लागि उनीहरुले घुर पनि बालेर गएका थिए । उक्त आगलागीले घर र घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति समेत भएको उनले बताए । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्