थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टी, ४ सय ८३ जना डिस्चार्ज



काठमाडौं पुस २३ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ। हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्