(बीबीएल) टी-ट्वान्टी क्रिकेटमा सन्दीप आबद्द होबार्ट पराजित



एजेन्सी पुस २३ ।

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ ।

पर्थमा बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो । सिड्नीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि कप्तान पिटर ह्यान्ड्सकम्पले सर्वाधिक ३० रन जोड्दा बेन म्याकडेरमोटले २२ रन बनाए । यस्तै डाविड मालनले २०, डीअर्सी सर्टले १९ र कोलिन इन्ग्रामले १२ रन बनाए ।

सिड्नीका क्रिस ग्रीन, तानभिर संघा र नाथन म्याकएन्ड्रयुले २/२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाए । सिड्नीका एलेक्स रोसले अविजित ४४ रन जोड्दा बेन कटिङ ३१ रनमा अविजित रहे ।

यस्तै एलेक्स हालेसले २१ रन बनाउदा अर्जुन नैरले १५ रन बनाए । होबार्टका डीअर्सी सर्टले ३ विकेट लिए ।

सिड्नीविरुद्ध सन्दीपले १ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिएर १ विकेट लिएका हुन् । सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् । यस अघिका दुई खेलमा उनले ३ विकेट लिईसकेका छन् ।

जितसँगै सिड्नी २२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्