‘निर्मलाको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउने ६ जना पक्राउ



धनगढी पुस २४ ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवक पक्राउ परेका छन्।

उनीहरुलाई सभास्थलबाट पक्राउ गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश बृहत आमसभालाई सम्बोधन गर्न सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवाहरु कार्यक्रम स्थल पसेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार तीमध्ये ६ जना युवकलाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो।

प्रतिक्रिया दिनुहोस्