धादिङका ५ पत्रकार पुरस्कृत



नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको २२ औं साधारण सभाको अवसरमा पाँच जना पत्रकार पुरस्कृत भएका हुन् ।

धादिङ,पुष २४ । जिल्लाका ५ पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको २२ औं साधारण सभाको अवसरमा पाँच जना पत्रकार पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुने पत्रकारहरुमध्ये स्व.सिताराम प्रसाद बर्मा स्मृती स्वास्थ्य पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ धादिङका संस्थापक एवम् पिजन खबर डटकमका प्रबन्ध निर्देशक राजेन्द्र प्रताप शाहलाई प्रदान गरिएको छ । पत्रकार शाहलाई १५ हजार नगद र सम्मान पत्रको साथमा पुरस्कार प्रदान गरिएको हो ।

स्व. शालिग्राम बर्मा स्मृती पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता पोषनाथ अधिकारी र रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मालाई प्रदान गरिएको छ । नगद ५ हजार सहित सम्मानपत्रको साथमा पुरस्कृत गरिएको हो ।

त्यस्तै विकास पत्रकारिता पुरस्कार २०७६ र २०७७ बाट क्रमश अन्नपूर्ण पोष्टका जिल्ला संवाददाता मनिश दुवाडी र नागरिक दैनिक जिल्ला संवाददाता सरिता श्रेष्ठलाई प्रदान गरिएको छ । ढुवाडी र श्रेष्ठलाई नगद १०/१० हजारको साथमा सम्मानपत्र सहितपुरस्कार प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल लगायतले पत्रकारलाई पुरस्कृत गरेका हुन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्