बस र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एकको मृत्यु एक गम्भीर घाइते



हेटौंडा,पुष २५ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बस र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन् । उपमहानगरपालिकाको वडा नंबर १५ को चुरियामाई उकालोमा बस र मोटरसाईकल एक आपसमा  ठोक्किदाँ मोटरसाईकलको पछाडी सवार ४३ वर्षीय देवी लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

उनका अनुसार गएराति चुरियामाईमा ११ बजेर १० मिनेटमा जनकपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख ६९६३ बस र विपरीत दिशाबाट आउँदै गरेको ना६३ प १५० नंबरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलको पछाडी सवार लामाको मृत्यु र मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।

गम्भिर घाईते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ लेवटका ३६ वर्षीय इश्वर नेपाल रहेका छन् । उनको चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।  ठक्कर दिने बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्