सिन्धुपाल्चोकको चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा ७ घण्टा बती जाने



चौतारा,पुष २५ । सिन्धुपाल्चोकको चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा ७ घण्टा बती जाने भएको छ। शनिबार सुनकोसी सव स्टेशनबाट सञ्चालित विद्युत सेवा ७ घण्टाका लागि बन्द हुने भएको हो।

सुनकोसी सव स्टेशनबाट विद्युत आपूर्ति हुने चौतारा, खाडिचौर, लामोसाँघु, बाह्रबिसे, टेकानपुर र पाखरलगायत क्षेत्रमा बिहान १० देखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघुले जनाएको छ ।

वितरण केन्द्र लामोसाँघुका अनुसार सुनकोसी जलविद्युत केन्द्रले ६ एमभीए पावर ट्रान्सफरमरको ११ केभी पावर केबुलमा भ्याकुम सर्किट ब्रेकर जडान र सोही केवलको हेड मार्फत मर्मत सम्भार गर्न लागिएकाले आपूर्ति बन्द गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्