टोखाको हाउजिङमा श्रीमान-श्रीमती मृत फेला



काठमाडौं,पुष २५ । काठमाडौंको टोखास्थित एक हाउजिङमा बस्ने श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएका छन्। 

सुर्खेत स्थायी घर भएका श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार श्रीमान् बेडरुममा घोप्टो अवस्थामा मृत भेटिएको र श्रीमती झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। 

टोखास्थित ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा उनीहरु बस्दै आएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्