थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टिे, ६ सय ९९ डिस्चार्ज



काठमाडौं, पुस २५ ।

नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ हजार २८६ जनामा गरिएको परीक्षणमा शनिबार देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यीसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ६९९ जना कोरोनामुक्त भएका छन्।

योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्