पारस र ज्ञानेन्द्रसहित नेपाली राष्ट्रिय क्रिकेट टिमका ९ खेलाडी पीएसएलको ड्राफ्टमा



काठमाडौं पुस २५ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित ९ खेलाडी पाकिस्तान सुपर लिग पीएसएलको ड्राफ्टमा परेका छन् ।

पीएसएलले शनिबार सार्वजनिक गरेको सूची अनुसार पारस र ज्ञानेन्द्रसहित ९ खेलाडी विदेशीको सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा पर्ने अन्य खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल र पवन सर्राफ रहेका छन् ।

यस्तै सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् । यस अघि नेपालका सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परिसकेका छन् । पीएसएलको ड्राफ्ट आगामी जनवरी १० मा लाहोरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्