पत्नीको उपचारका लागि गएका नेकपा अध्यक्ष दाहाल काठमाडौं फर्किए



काठमाडौं पुस २५ ।

पत्नीको उपचारका लागि भारतको मुम्बई गएका नेकपा अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड शनिबार अपराह्न काठमाडौं आइपुगेका छन्।

पत्नी सीताको थप उपचार प्रबन्ध मिलाएर उनी स्वदेश फर्किएका हुन्। पत्नी सीताको स्वास्थ्य उपचारका लागि चार दिनअघि उनी भारत गएका थिए।

नेपाल एरलाइन्सको नियमित उडानमार्फत उनी काठमाडौं आइपुगेका हुन्। आफूसँगै गएकी छोरी गंगालाई आमाको उपचारमा छाडेर फर्किएका अध्यक्ष प्रचण्ड शुक्रबार साँझ नै दिल्ली आइपुगेका थिए।

प्रतिक्रिया दिनुहोस्