हेटौंडामा बिहानै मृत अवस्थामा पुरुष भेटिए



मकवानपुर,पुष २६ । हेटौँडा उपमहानगरपालिका–११ थानाभज्याङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान अन्दाजी ४५ वर्षिय पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्